गोदावरी खोला क्षेत्र सरसफाई ४९औं हप्तामा

२०७६, माघ २६ आइतबार 349 Views

काठमाडौं । महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई निरन्तर अभियान अन्तर्गत ४९औँ हप्ताको सरसफाई उत्साहजनक रुपमा सम्पन्न भएको छ । सरसफाई अभियान अन्तर्गत आइतबार धर्मतार ६ नं. जोड्ने पुल वरिपरि सरसफाई गरिएको थियो । सरसफाई अभियानका अभियन्ता रञ्जीता श्रेष्ठ खत्रीको अगुवाईमा भएको उक्त सरसफाई नेप्को नेपालको टीम तथा स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।