चर्चित निर्त्येङ्गना रोमा न्यौपाने गोदावरी खोला सरसफाई अभियानको ३६औ हफ्तामा

२०७६, कार्तिक २४ आइतबार 647 Views

महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियान को ३६औ हफ्तामा हाडिगाउको पुल वरिपरी सफागरिएको थियो ।

आजको कार्यक्रमको बिशेष अतिथि नेपालकै चर्चित एक खुट्टाले छमछमी नाच्ने रोमा न्यौपानेको उपस्तिथीमा अभियान्ता धिरेन्द्र कुमार शाह,सामाजिक अभियान्ता सितान्सु सिंह , शेगेस साह, चितवन सरसफाइ अभियान्ता श्रुति सिंह , निरा गृहिणी समाजकि निरा तिमल्सिना, साथै गोदावरी खोला क्षेत्र सरसफाईका अभियान्ताहरु रन्जिता श्रेष्ठ खत्री ,तारा खड्का ,मन्जु भट्टराई , पिन्की खनाल , दिलेन्द्र थापा, दिलिप थापा र स्थानियहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

” खोला मात्रै सफा गरेर हुँदैन त्यो खोला वरिपरी बसोबास गर्ने बस्तिमा पनि सर सफाई बारे जनचेतना दिन जरुरी छ भन्ने उदेश्यले सरसफाइ गर्नुका साथ साथै घरदैलो कार्यक्रम गरेर मानिसलाई जनचेतना पनि दिएका थियौं “भियान्ता रन्जिता श्रेष्ठ खत्री .

“असम्भब भन्ने केहि छैन चाहना र इच्छा हुनु पर्ने रहेछ , आज हाम्रो माज रोमा न्यौपाने हुनुहुन्छ उहालाई देखेर ,उहाको इच्छा , लगन र बिस्वासले यो ठाउमा पुग्नु भएको छ भने अबस्ये पनि गोदावरी खोला स्वोच र सफाहुनेमा दुई मत छैन, हामिलाई आज रोमा जी को उपस्थितिले थप उर्जा मिलेको छ ।” भियान्ता मन्जु भट्टराई .

आजको कार्येक्रमकि प्रमुख आकर्षण रहेकी रोमा न्यौपानेले निर्त्ये गर्दै सबैलाई मनोरंजन गराउनु भएको थियो ।