शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम:टिकापुर कैलाली

२०७६, कार्तिक १६ शनिबार 105 Views

टिकापुर ,राष्ट्रिय प्रजातन्त्र पार्टीका , कैलाली क्षेत्र न १ टिकापुरले आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा केंद्रिये सदस्य रामदुलारी चौधरीले नेपालीहरुको महान चाड विजया दशमी, शुभ-दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनु भयो ।

कैलाली क्षेत्र न १ का क्षेत्रिये अध्यक्ष मान सिङ् साउद को अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्येक्रम संचालन क्षेत्रिये सचिब बुध्दि बाहादुर शाहाले गर्नु भएको थियो साथै पार्टीमा नवप्रवेशी साथीहरुलाई स्वागत गरिएको थियो ।