सरसफाई अभियानको ३४ औ हफ्तामा जनचेतना मुकल कार्यक्रम

२०७६, कार्तिक १० आइतबार 151 Views


महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियान को ३४औ हफ्तामा आज लक्ष्मीपुजाका दिन हाडिगाउको पुल वोरिपरीका घर -घर र स्कुलमा गई सरसफाई सम्बन्धि जनचेतना मुलक कार्येक्रम गरिएको थियो ।

“हामि अभियान्ताहरु चाडबाड नभनि तेस्मापनि आज लक्ष्मीपुजाका दिन समयमिलाएर सरसफाई सम्बन्धि जानकारी मुलक कार्येक्रम गर्न पाउदा खुसि महसुस गरेका छौ तर पनि हामीले येति मिहिनेत गरेर खोला सरसफाई गरिरहदा पनि हफ़्तै पिच्छे फोहोर फेरी तेही ठाउँमा फालेको हुदा हामीले आज जानचेतना मुलक कार्यक्रम राखेका हौ “। अभियान्ता रन्जिता श्रेष्ठ खत्री।

“हामिले सरसफाई गर्दै गर्दा स्थानिले यो बुज्ज्नु पर्छकि हामिले सरसफाई गरेपछि तेस ठाउमा फोहोरफाल्नु हुन्न , यो हाम्रै र हाम्रो भाबी सन्ततिको लागि हो ,प्रकृतिले दिएको सुन्दर खोलानालामा फोहोरफाली हामीले दुषित बनाएका छौ यसलाई संरक्षण गर्नु र स्वोछ राख्नु हाम्रो जिम्मेवारीका साथै कर्तब्यपनि ।हाम्रो अभियानको उदेश्ये पनि येही हो ” अभियान्ता तारा खड्का।

सरसफाइ अभियान्ताहरु रन्जिता श्रेष्ठ खत्री मंजु भट्टराई ,तारा खड्का लगायत स्थानिय बासिन्दाहरु ,अलहरमेन ऐकेडेमिक स्कुलका विद्यार्थीहरु र शिक्षकहरुको सहभागितामा दिपावली तथा छठ पर्बको सुभकामना आदन प्रदान गरि सरसफाईलाई कसरि बेबस्थित गर्ने सकिन्छ भन्ने बारे बिशेष छलफल गरि सम्पन्न भएको थियो ।