गोदावरी खोला क्षेत्र सरसफाई अभियानको ३१औ हफ्तामा, दसैँको सुभकामना आदान -प्रदान

२०७६, असोज १९ आइतबार 140 Views

महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियान अन्तर्गत आज आइतबार पुतलिघाट वरिपरिको सरसफाई एवं घर दैलो कार्यक्रम का साथै नेपालीहरुको माहान चाड दसैँको सुभकामना आदान प्रदान गरि भव्यताका साथ सम्पन्न भएको छ ।

निरन्तर सरसफाईमा संलग्न अभियानकी अभियन्ता रन्जिता श्रेष्ठले “आज महाअष्टमीको दिन चाड बाडको बेलामा पनि समय मिलाएरआज उपस्थित हुनुभएका सम्पूर्ण अभियान्ता , समाजसेबी , पत्रकार , प्रहरी , तथा स्थानीय बासिन्दाहरुलाई हार्दिक आभार बेक्त गर्दै बिजया दशमी २०७६ को सम्पूर्ण नेपालालीहरु सुभकामना दिनुका साथै यस सरसफाई अभियानमा सहभागीभई देशलाई स्वस्थ र सफा राखन सबै नागरिक बर्गमा अपिल गर्नु भएको छ”।

आजको सरसफाई अभियानमा माहनागरिये प्रहरी बिभाग गोदावरीका ह्वल्दार प्रा स नि, जित लाल तामाङ्ग सहित जवान रमेश थारु ,चितवन सरसफाई अभियान्ता इन्दिरा श्रेष्ठ, छोरी को लागी छोरी अभियानका बुवा श्याम थापा , अभियान्ताहरु पिङ्कि अग्रवाल , मंजु भट्टराई ,तारा खड्का लगायतको सहभगिता रहेको थियो भने कार्येक्रम सन्चालन अभियान्ता मन्जु भट्टराईले गर्नु भएको थियो।

आजको दिन सरसफाई अभियानकी अभियान्ता नारायणी पाण्डेकि ममतामयी आमाको दुखद निधन भएकोहुदा उपस्थित अभियान्ताहरुले मौनधारण गरि कार्यक्रम समापन गरिएको थियो ।