एनआरएनए चुनाबमा कुल अचार्यको विकल्प नभएको ,जित अचार्य कै पोल्टोमा जाने:महाधिवेशन प्रतिनिधि

२०७६, असोज १८ शनिबार 86 Views

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा हुने भएको छ।

यस वर्षको सम्मेलनको मूल विषय “म, मेरो एनआरएनए, र मेरो नेपाल”  रहेको छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।

सम्मेलनको मिति नजिकिएसँगै अध्यक्षमा दुई उम्मेदवार कुल आचार्य र कुमार पन्तले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् भने तेस्रो अध्यक्षको उम्मेदवारमा भने हालका भवन भट्टले भित्रिरुपमा आफू दोहोरिन चाहेको र तेसै अनुरुप भित्र- भित्रै लबिङ्ग पनि सुरु गरिसकेको श्रोतले जानकरी गराएको छ भने अर्को आकाङ्क्षी उम्मेदवार पनि उठन सक्ने बताए ।

यस पल्टको अध्यक्ष पद कुल अचार्येको पोल्टोमा पर्ने पक्का देखिएको छ , बिलायेतबाट आएका एक एकजना प्रतिनिधि जसले नाम नखुलाउने सर्तमा भने कुल अचार्येले घोषणा गरेका १० बुँदे कार्ययोजनामा गैर आवासीय नेपालीहरुसंग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क र बौद्धिक तथा आर्थिक लगानी नेपाल भित्र्याउने, वैदेशिक रोजगारलाई मर्यादित तथा व्यवस्थित बनाउने, नेपालमा लगानी भित्र्याउने, व्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउने, नेपालको पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, युवा सशक्तीकरण र रोजगार, भिजन २०२० एण्ड वियोंड कार्यान्वयन गर्ने लगायतका प्रभाबकारी योजनाहारु छन जुन कुल अचार्येको नेत्रित्वोमा मात्रै सम्भब रहेको र यो समस्त नेपाली र गैरआवासीय नेपालीहरुका लागि प्रभाबकारी छ ।

तेस्तै अमेरिकाबाट महाधिवेशन प्रतिनिधिका अनुसार कुल अचार्यको विकल्प नभएको र जित अचार्य कै पोल्टोमा जानेमा बिस्वस्थ हुन भने साथै पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले कुल आचार्यलाई अध्यक्ष बनाउन पहल गरिरहेका छन्। ” संस्थालाई गतिशील र सुदृढ बनाउन सक्षम युवा नेतृत्वमा आउनु पर्छ भनि पूर्वअध्यक्षहरु लागि पर्नु भएकोले अध्यक्षमा जित्तन आचार्यलाई निकै सहज भएको छ,’ गैरआवासीय नेपाली संघका पदाधीकारीले जानकारी गराए ।

यसैका साथ साथै काग्रेस-कम्युनिस्टले पनि कसलाई समर्थन गर्ने भनेर आफु निकट बेक्त्तिलाई जिताउन अहिले देखि चलखेल सुरु गरिसकेको नेताहरु को भनाई छ , यसपालिको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा राप्रपा पनि अछुत नरहने भएको छ राप्रपा प्रभास बिभागका अध्यक्ष विजय खड्का संग यसबारे प्रश्न गर्दा भन्नु भयो ” एनआरएनए गैरराजनीतिक संगठन भएकोले राजनीतिक आग्रह तथा पूर्वाग्रहबाट मुक्त हुनुपर्ने राप्रपाको धारणा रहेको भएता पनि काग्रेस-कम्युनिस्टको चरम हस्तक्षेपका कारण राप्रपा पनि अघि बढनु परेको बताए ,यसपटकको सम्मेलनमा विश्वभरबाट राप्रपा निकट राष्ट्रवादी मतदाता उल्लेख्य संख्यामा जितेर आएका छन् । विगतका सम्मेलनहरुमा असङ्गठित हुँदा उनीहरूको मत निर्णायक हुने गरेको थिएन । यसपटकको सम्मेलनमा भने उनीहरूको भोट निर्णायक हुने देखिएको छ ।

आगामी अक्टुबर १५-१७ मा काठमाडौ हुन गैरहेको एनआरएन विश्व सम्मेलनमा यति बेला बिश्वका करिब ८० देशबाट करिब ४००० प्रतिनिधिहरु नेपाल आउदैछन , सबै भन्दा धेरै बेलायतबाट , अस्ट्रेलियाबाट१५० -२००, जापानबाट १५०-१८० र करिब २०० र १८० को हाराहारीमा अमेरिकाबाट नेपाल आईसकेका छन भने कोहि आउनेक्रममा छन।

त्यस्तै युरोप महिला संयोजक योगिता थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । युथ कोअर्डिनेटरमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी घोषणा गरेका छन् ।