सभामुख कृष्णबहादुर महरा राजीनामाको तयारीमा

२०७६, असोज १४ मङ्गलबार 77 Views

काठमाडौँ । सभामुख कृष्णबहादुर महराको आजै राजीनामा आउँदैछ । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् । ‘यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु’, महराको भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले श्रोतलाई जानकारी गराएकाछन ।

उता भने रोशनी शाहीले आफ्नो फेसबुकमा लेखेकीछिन ” आरोप हैन सत्यता हो डिल्लि मल्ल को सभामुख बचाउ बिज्ञप्ति झुठा हुन् भाचिएको चस्मा सुरक्षित छ अात्तिनु पर्दैन र झुठो खराफाति कुरा नगर्नु अझ बढि खाल्डो खनिएला होस गर्नु”

महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका छन् । येदपि महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन् ।