हामी कमजोर भएकाछौ तेसैले धर्म कमजोर भएको छ: कमल थापा

२०७६, असोज १३ सोमबार 217 Views

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज ललितपुर क्षेत्र न ३ र ललितपुर महानगरको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ-दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनु भयो ।


अध्यक्ष थापाले राप्रपा अरु पार्टी भन्दा फरक बिचारधारा बोकेको पार्टी हो आज हामी कमजोर भएकाछौ तेसैले धर्म कमजोर भएको छ हामी कमजोर हुदा बिदेशीको चलखेल बडेको बताउदै धर्म ,रास्ट्र जोगाउन , भ्रष्टाचार नियेन्त्रण गर्न ,बिदेसिएका नेपालीहरुलाई नेपाल फर्काउनको लागी सबैमिलि राप्रपालाई बलियो बैकल्पिक शक्ति बनाउन आग्रह गर्नु भएको छ ।

ललितपुर क्षेत्र न ३ का क्षेत्रिये अध्यक्ष सबिन खड्का को अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।