साउदीका राजा सलमानले छुट्टीमा खर्च गरे एक हजार करोड

२०७५, मङि्सर ०९ आइतबार 255 Views

साउदी अबरका राजा सलमानले आफ्नो छुट्टीमा १ हजार करोड रुपैयाँ खर्च गरेका छन्। राजा सलमान यही वर्षको जुलाईमा मोरक्कोमा छुट्टी मनाउन पुगेका थिए। उनको छुट्टीको खर्च एक सय मिलियन अर्थात एक हजार करोड भन्दा माथि पुगेको स्थानीय मिडियाले जनाएका छन्।

स्थानीय मिडियाका अनुसार सलमान मोरक्कोमा छुट्टी मनाउन १ हजारा जना लिएर गएका थिए। सलमानलाई लिन मोरक्कोको प्रधानमन्त्री एरपोर्ट पुगेका थिए।

सलमानको स्वागतको लागि उनलाई सबैभन्दा ठुलो समर प्यालेसमा लगिएको थियो। उनको पाहुनालाई खुसी बनाउन प्यालेसमा नयाँ भवन र हेलीप्याडको पनि व्यवस्था गरिएको थियो। उनको पाहुनाको सुचीमा मन्त्री, सल्लाहाकार, साथी र परिवारका सदस्य सामेल दिए।

उनीहरु सबैलाई निकै सुविधापुर्ण कोठा बुक गरिएको थियो।

मिडिया रिर्पोटका अनुसार सलमान हरेक वर्ष छुट्टी मनाउन नयाँ ठाउँ जान्छन्। यस वर्ष उनी मोरक्को गएका थिए।

स्थानीय मिडयाका अनुसार मोरक्कको एक वर्षमा पर्यटनबाट हुने कमाईको १ दशमलव ५ प्रतिशत कमाइ राजा सलमानको भ्रमणबाट उठेको थियो।

सम्बन्धित खबर